पछिल्लो चुनावमा मैले ६ करोड खर्च गरेँः शशांक
काठमाडौंः नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले निर्वाचन निकै महँगो हुँदै गएको बताएका छन्। जसका कारण पछिल्लो निर्वाचनमा आफ्नो ६ करोड खर्च गरेको उनले बताए।
उनले भने, 'मैले मेरो क्षेत्रबाट नवलपरासी गैँडाकोटबाट तीनचोटी जितेँ। पहिलो चुनावमा मेरो खर्च ८० हजार रुपैयाँ थियो। दोस्रो चुनावमा ३ करोड र लास्ट चुनाउमा ६ करोड ल भन्नुस् त तपाईँहरू कोही चुनाउ लड्न चाहनुहुन्छ।'
उनले सो क्षेत्रमा अरू कसैले निर्वाचन लड्न चाहेमा आफूले छाड्न तयार रहेको पनि बताए। कोइरालाले भने, 'म छोड्न तयार छु। तपाईँहरूले त्यहाँ कम्तीमा ६र७ करोड खर्च गर्नुपर्छ।'