गभर्नर निलम्बनबारे ओली भन्छन्ः धान खाने मुसो, चोट पाउने भ्यागुतो
काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनप्रति विरोध जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले अर्थतन्त्र जोगाउन प्रयास गर्दागर्दै अधिकारीलाई निलम्बन गरिएको आरोप लगाएका हुन्।
‘राष्ट्र बैंकको डेपुटी गभर्नर भएको, अर्थतन्त्र बुझेको मान्छे अर्थतन्त्र जोगाउन खोज्दाखोज्दै निलम्बनमा परेको छ,’ ओलीले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो भएको छ।’