शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगको घोषणा
धनगढी : आजैदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले घोषणा गरेको छ। आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको हो। शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको छ।
सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचार संहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आयोगका प्रवक्ता शालिग्राम पौडेलले आग्रह गरेका छन्। आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको प्रयोग गर्न भनेको छ।
त्यसै मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ।आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्ने आयोगले बताएको छ।