सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा धमाधम उम्मेदवारको टुंगो लगाउदै एमाले, कहाँ-को ?

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र २५, ०२:०४ खबर संवाददाता

दार्चुलाः दार्चुलामा एमालेले धमाधम उम्मेदवारको टुंगो लगाउन थालेको छ। नेकपा (एमाले) ले जिल्लाको शैल्यशिखर नगरपालिकाको मेयरमा विजयसिंह धामी र दुहुँ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रसिंह बडाललाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको छ।  

अरुले पनि मेयरमा इच्छा व्यक्त गरेको तर अन्तिममा सहमति जुटेको एमालेका पूर्व जिल्ला अध्यक्ष रामदत्त जोशीले बताए। यस्तै दुहुँ गाउँपालिका अध्यक्षमा नरेन्द्रसिंह बडाललाई उम्मेदवार बनाउने निर्णय भएको छ। अन्य पालिकामा पनि उम्मेदवार छनोटको विषयमा छलफल चलिरहेको एमालेले जनाएको छ।

शैल्यशिखर र दुहुँमा ०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो। हिजो मात्रै नौँगाड गाउँपालिका अध्यक्षमा प्रेमसिंह धामीलाई दोहो¥याउने एमालेले निर्णय गरेको थियो।
 

कमेन्ट लोड गर्नुस