सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ चैत्र २५, ०८:०८ खबर संवाददाता

धनगढी : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बिहीबार जिल्लाको खप्तडछान्ना गाउँपालिका-१ खातीगाउँकी ४१ वर्षीया मालतीदेवी खातीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

घाँस काट्न गएकी उनको भिरबाट करिब २०० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र खातीले बताए।


 

कमेन्ट लोड गर्नुस