बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ
बैतडी: बैतडीमा चोरीको आरोपमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन्।
दशरथचन्द नगरपालिका–५ आल गाउँका जयदेव भट्टको घरमा चोरी गरेको आरोपमा नगर कार्यपालिका सदस्य बिनोद लुहारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वडा सदस्य लुहारसहित महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनी रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बैतडीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उनीहरूमाथि एक महिनाअघि भट्टको घरमा कोही नभएको मौका छोपी छत फुटाएर तामाका भाँडाकुँडा चोरी गरेको आरोप छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।