कीभबाट रुसी सेना फिर्ता, पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित
न्यूयोर्क : कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ। अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन्।”
“हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले भने। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गरे। “पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका तर खार्किभलगायतका स्थानलाई कब्जा गर्न नसकेको देखिएको छ,” उनले भने।
रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै कीभ र चेर्निहिभबाट फौज फिर्ता भएको खबर आएको हो। अमेरिकी अधिकारीले अधिकारीले रुसी फौजहरू भविष्यमा कीभतर्फ फर्कन सक्ने सम्भावना टरिनसकेको बताए। ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन्।
अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४ हजार रुसी फौज फिर्ता भएको जनाएको छ। फिर्ता भएका सैनिकहरू रूस र बेलारूस क्षेत्रका यूक्रेनी भूभागमा भेला भएका पनि बताइएको छ। -एपी