कञ्चनपुरको कृष्णपुरमा उपप्रमुखका लागि पाण्डेयको उम्मेदवारी
२०७८ चैत्र २४, ०२:२१
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखका लागि टिकेश्वरी पाण्डेय (प्रेरणा) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट पाण्डेयले उम्मेदवारी घोषणा गरेकी हुन्।
आफू राजनीतिको लागि जनता समक्ष योग्य र सक्षम भएकाले पार्टीले आफूलाई नै टिकट दिने उनले दाबी गरिन्।
कमेन्ट लोड गर्नुस