सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादीमै फर्किएका कञ्चनपुरका रंगी भन्छन्, ‘राति एमाले नेताहरुले जबरजस्ती खादा ओढाए’

२०७८ चैत्र २४, १२:१७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा एमालेमा गएका नेकपा एकीकृत समाजवादी भीमदत्त नगरका नेता रंगी बोहरा पुनः समाजवादीमै फर्किएका छन्। दुई दिनअघि मात्रै एमाले पोलिट्ब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्रसिंह रावलले बोहरा सहितका नेताहरुलाइ एमालेमा ल्याएका थिए। 

एमालेमा गएका बोहराले फेरि समाजवादीमै फर्किएको र आफू समाजवादीमै रहेको बताएका छन्। बिहीबार समाजवादी कञ्चनपुरका सहइन्चार्ज समेत रहेका पूर्वराज्यमन्त्री प्रकाशबहादुर रावल समक्ष बोहराले समाजवादीमै रहेको घोषणा गरेका हुन्।

बोहराले राति आफूलाई जबरजस्ती एमाले प्रवेश गराएको दाबी गरेका छन्। रातको बेला कोठाभित्र नलाउँ भन्दाभन्दै अबिर र खादा लगाएको बोहराले जनाएका छन्।
 

कमेन्ट लोड गर्नुस