सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नेविसंघको नियन्त्रणमा

। फोटो स्रोत ।
२०७५ माघ १९, ०५:०७ खबर संवाददाता

नेविसंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको गाडी नियन्त्रणमा लिएको छ। शनिबार सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिएको  नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। बा १ झ ९९९५ नम्बर रहेको त्यो गाडी  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शिशिर कुमार ढुगानाले चलाइरहेका थिए। 
आन्दोलनको कार्यक्रम अन्तर्गत नै सरकारी गाडी नियन्त्रणमा लिएको सदस्य भट्टले बताए। शनिबार तथा बिदाको दिनमा पनि सरकारी गाडी दुरुपयोग गरिएको पाइए नछोडिने समेत उनले चेतावनी समेत दिए। 
 

कमेन्ट लोड गर्नुस