गैसस महासंघ डडेल्धुराको अध्यक्षमा पाठक
डडेल्धुरा: गैर सरकारी संस्था महासंघ डडेल्धुराको अध्यक्षमा शिवराज पाठक चयन भएका छन्। बुधबार सम्पन्न भएको ८औं जिल्ला अधिवेशन तथा १३औं सधारण सभामार्फत पाठकलाई सर्वसम्मत चयन गरिएको हो।
यस्तै महासंघको उपाध्यक्षमा भरत गैराल, सचिवमा रमेश सिंह ठगुन्ना, सह–सह सचिवमा हर्क ऐर र कोषाध्यक्षमा सुनिता गैरे चयन भएको निर्वाचन कमिटी सदस्य धनबहादुर भण्डारीले जानकारी दिए। त्यसैगरी सदस्यहरुमा खगेन्द्र पाठक, अम्बिका जोशी, देवकी जोशी, ममता भट्ट र प्रेम कार्की चयन भएको उनले बताए।