१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्डको सजाय
एजेन्सी: छात्रालाई बलात्कार गरेको आरोपमा इन्डोनेसियाका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ। इस्लामिक विद्यालयका १३ बालिकालाई बलात्कार गरेको आरोपमा ती शिक्षकलाई सोमबार मृत्युदण्डको सजाय सुनाएको हो।
ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ जना छात्राहरुलाई बलात्कार गरेको र आठ जना गर्भवती बनाएको अदालतले ठहर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।