सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा बालिकामाथि करणी प्रयास, एक युवक पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७८ चैत्र २२, ०८:३२ खबर संवाददाता

धनगढी : बाजुरामा १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय वसन्त पाण्डे पक्राउ परेका हुन्।

आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएका बेला बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भनी यही चैत १८ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन परेको थियो। इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय पठाएको हो। पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस