भनिन्छ।।
नेपालका बग्ने पानी अर्का देशमा नाला भनिन्छ ।
गोल गप्पा पानीपुरी वेच्नेलाई यहा लाला भनिन्छ।।
अफ्रिकन लाई आफ्नो देशमा जे जस्तो भनेपनी।
हेर्नु कि अरू देशमा उनीहरू लाई काला भनिन्छ।।
फेसन भनेर स्टीकर टासेको देखाए पनि बजारमा।
जानुस् एकचोटी गाउतीर यसलाई टाला भनिन्छ।।
फलामे रडले कसैको पनि हत्या नगर्नु होला ।
कानुनमा अपराधले यसलाई भाला भनिन्छ ।।
गाउको मान्छे सहर तिर पसे पछि हेपिन्छन् ।
र त उनीहरू लाई जताततै पाखे वाला भनिन्छ।।