सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘नलाऊ माया दुइतिर भन्नेहरु तीनतिर पो भइयो’

२०७८ चैत्र २१, ०१:५२ खबर संवाददाता

काठमाडौंः चुनावी कार्यक्रममा देश दौडाहा गर्ने क्रममा सोमबार बिहान तीन जना नेताहरुको त्रिभुवन विमानस्थलमा भेट भयो। कुनै समय एकै पार्टी माओवादीमा रहेका डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाको भेट भएको हो।

भेटपछि उनीहरुले सामूहिक तस्विर खिचे। जुन डा भट्टराई र थापाले फेसबुकमा सेयर गरेका छन्। हाल जसपाका संघीय परिषद् अध्यक्ष रहेका डा भट्टराईले एअरपोर्टमा भएको संवाद उल्लेख गर्दै तस्विर पोष्ट गरेका हुन्। तस्विरको क्याप्सन लेख्दै उनले भनेका छन्, ‘नलाऊ माया दुइतिर’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो।

हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेकी रेखा थापा ‘नलाउ माया दुईतिर’ भन्ने गीतमा तत्कालीन माअओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एउटै मञ्चमा नाचेकी थिइन्। त्यसपछि माओवादी प्रवेश गरेकी थिइन्। 

पुन भने अहिले पनि माओवादी केन्द्रमै छन्।

कमेन्ट लोड गर्नुस