सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा जिपले मोटरसाइकललाई ठक्कर दिएपछि...

२०७८ चैत्र २०, ०२:५२ खबर संवाददाता

धनगढीः कैलालीमा एक जिपले मोटरसाइकललाई ठक्कर दिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरिया चोकमा जिपले मोटरसाइकललाई ठक्कर दिएको हो। 

बा-९६ प २४४२ नम्बरको मोटरसाइकललाई पछाडीबाट आइरहेको जिपले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा मानविय क्षति नभएको बताउँदै अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै जिप र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस