सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका उम्मेदवारले घोषणापत्रमै भ्यु टावर बनाउदिनँ भनेर लेख्नुहोस्ः कोइराला

२०७८ चैत्र २०, ०२:१८ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विकासको नाममा फजुल खर्च गर्ने क्रम बढेको भन्दै त्यसतर्फ कांग्रेसका उम्मेदवार सचेत हुनुपर्ने बताएका छन्। उनले कांग्रेसका उम्मेदवारले घोषणा पत्रमै भ्यु–टावर बनाउदिनँ भनेर लेख्नुपर्ने बताए।

तनहुँको बन्दीपुरमा खानेपानी आयोजनाको उद्घाटन गर्दै नेता कोइरालाले पहाडमा भ्यु टावर र तराईमा सडकैपिच्छे गेट निर्माण गर्ने प्रतिस्पर्धा रहेको भन्दै त्यस्तो फजुल खर्च गर्दिनँ भनेर कांग्रेसको उम्मेदवारले घोषणा पत्रमै लेख्नु पर्ने सुझाव दिए।

‘हामी विकास निर्माणका काम गर्न पैसा छैन भन्छौँ, तर भ्यु टावरमा पैसा लगानी गरिरहेका छौँ। मधेसमा सडकैपिच्छे गेट बन्दैछन्, यसरी फजुल खर्च भइरहेको छ,’ उनले अघि भने, ‘म नेपाली कांग्रेसका साथीहरूलाई विनम्र आग्रह गर्दछु, तपाईँहरूले वडाको, गाउँपालिकाको घोषणा पत्र लेख्दा नै भ्यु टावर बनाउदिनँ भनेर लेख्नुहोस्।’ नेता कोइरालाले विज्ञान र प्रविधिको यो युगमा समेत गाउँमा बस्ने नागरिकले डोकोमा पानी बोकेर खानुपर्ने अवस्था हुनु दुःखद् भएको बताएका थिए।

कमेन्ट लोड गर्नुस