सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र अमेरिकी सेनाबीच एक महिने संयुक्त सैन्य अभ्यास शुरु

२०७८ चैत्र २०, ०१:०२ खबर संवाददाता

धनगढीः नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजबाट शुरु भएको छ। दुई देशबीचको सुरक्षा सहकार्यलाई थप मजबुत बनाउने भन्दै अमेरिकाले नेपालमा सैन्य अभ्यास गर्न लागेको हो।

एक महिने संयुक्त अभ्यासमा नेपाली सेनाको स्पेशल अपरेन्स फोर्सेज र अमेरिकी स्पेशल कमान्डका सदस्यहरू सहभागी हुने बताइएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार संयुक्त सैन्य अभ्यासका क्रममा विपद व्यवस्थापन र शान्ति स्थापना कार्यसम्बन्धी विविध क्रियाकलाप सन्चालन हुनेछ। ‘आज अर्थात् ३ अप्रिलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरिक हुनेछन्,’ दूतावासले जनाएको छ।

विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले भनेको छ।

कमेन्ट लोड गर्नुस