सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

२०७८ चैत्र १८, ११:५३ रासस

सियोल : दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ। 

के टी-१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १:३६ बजे दुर्घटना भएको थियो। उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ।अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन्। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस