सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र १८, ०७:४९ खबर संवाददाता

धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका-८ मा पूर्वबाट पश्चिमतर्फ गइरहेको से१प ७७६५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोक्किँदा गौरीगंगा-७ का ३५ वर्षीय दिलबहादुर तडीको मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस