सुदूर नेपाललाई विश्वसँग जोड्दै

अवैध लागुऔषध सहित पक्राउ

२०७८ चैत्र १७, ०९:३० खबर संवाददाता

झापाः मेचीनगर नगरपालिका ६ स्थित सडकबाट करिब २८ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका ४ गुराँस बस्ती बस्ने ४३ वर्षीय किशोर सुनुवार र काठमाडौं महानगरपालिका ५ हाडीगाउँ बस्ने ३१ वर्षीय सन्त महर्जन रहेका छन्।

प्र ३०१ ००६ ख०६२६ नम्बरको बसलाई लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस