एउटा विमान आपतकालीन अवतरण गर्दा १ सय ३६ उडान रद्द
काठमाडौंः कोलम्बियामा एउटा विमान आपतकालीन अवतरण गरेका कारण एक सय ३६ उडान रद्द भएका छन्। त्यसबाट २१ हजारभन्दा बढी यात्रु प्रभावित भएको बताइएको छ।
लाटम एयरलाइन्स एयरबस ए ३२०–२०० को अगाडिको ल्यान्डिङ गियर उडेको केही समयपछि खसेको कारण विमानलाई रियोनेग्रो शहरको होजे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको हो।
उक्त कारण कोलम्बियाका अन्य विमानस्थलबाट रियोनेग्रे जाने र त्यहाँबाट अन्यत्र जाने उडानहरू १२ घण्टाभन्दा बढी समयका लागि रद्द गरिएको छ।सबैभन्दा धेरै बोगोटाको एल डोराडो अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द भएको प्राप्त समाचारमा उल्लेख छ।