गोरखापत्र संस्थानको महाप्रवन्धकमा ऐरी
२०७८ चैत्र १७, १०:४३
काठमाडौं: गोरखापत्र संस्थानको महाप्रवन्धकमा लालबहादुर ऐरी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्रको महाप्रवन्धकमा ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो। गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए। उनी डडेल्धुराका हुन्।
कमेन्ट लोड गर्नुस