सुदूर नेपाललाई विश्वसँग जोड्दै

इँटा बोकेको ट्रकमा आगलागी

। फोटो स्रोत ।
२०७८ चैत्र १७, १०:१५ रासस

भरतपुर: भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।

ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो।

आगलागीबाट ट्रक पूर्णरुपमा क्षति भएको छ।
 

कमेन्ट लोड गर्नुस