सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा विद्यार्थीलाई घर लैजाने खाद्यान्न वितरण

२०७८ चैत्र १६, ११:५२ खबर संवाददाता

धनगढी : शिक्षा विकास तथा समन्वय इकाई बाजुरले विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालित दिवा खाजा कार्यक्रम विधार्थीलाई घर लैजाने खाद्यान्नको रुपमा वितरण सुरु गरेको छ।

जिल्लाका ९ स्थानीय तहका २४७ विद्यालयका २८ हजार ३४७ विधार्थीलाई १५४.७४७ मेट्रिक टन पोषिलो खाधान्न वितरण भइरहेको बताइएको छ। जिल्ला शिक्षा समन्वय इकाई बाजुरा पौष्टिक आहारका कार्यालय प्रमुख विजयकुमार ठाकुरका अनुसार खाद्यान्न प्राप्त गर्ने प्रत्येक विधार्थीले ४ केजी चामल १ केजी दाल र आधा लिटर तेल पाउनेछन्।

विधार्थीहरुले नियमित रुपमा विद्यालयमा दिवा खाजा स्वरूप पोषिलो खाना पाइरहेका भए पनि उनीहरुलाई घरमा पनि पौष्टिक आहार आवश्य पर्ने भएकोले घरमा समेत वितरण सुरु गरिएको कार्यालय प्रमुख ठाकुरको भनाइ छ। वार्षिक रुपमा जिल्लाका २४७ विद्यालयलाई ५७१ मेट्रिक टन खाद्यान्न प्रदान गरिने उनले बताए।

सामुदायिक विद्यालयमा विद्यार्थी भित्र्याउने र टिकाउने उद्देश्यका साथ दिवा खाजा कार्यक्रम ल्याइएको हो। बालविकासदेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क दिवा खाजाको व्यवस्था गरिएको ठाकुरले बताए।

कमेन्ट लोड गर्नुस