सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कञ्चनपुरको चुनाव लक्षित साप्ताहिक अभियान

२०७८ चैत्र १६, ०८:४४ खबर संवाददाता

धनगढी : नेकपा एमाले कञ्चनपुरले स्थानीय तहको चुनाव लक्षित साप्ताहिक अभियान सुरु गर्ने भएको छ। एमालेले बिहीबारदेखि अभियान सुरु गर्ने भएको हो।

एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले मंगलबार सबै पालिका कमिटीलाई परिपत्र गर्दै चैत १७ गते बिहीवारदेखि २३ गते बुधवारसम्म अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्। उनले वडाको कार्ययोजना अनुसार मतदाताका घरघर गई मत माग्ने निर्णय भएको बताए। एमाले कञ्चनपुरले ‘घरघरमा एमाले, जनजनमा एमाले’ नारासहित चुनावी अभियान सञ्चालन गरिरहेको हो।

अभियानका लागि दोधाराचाँदनी नगरपालिकामा निरु पाल, टोपबहादुर खत्री, हिरालाल थापा र चिनी गिरी, भीमदत्त नगरपालिकामा राजेन्द्रसिंह रावल, ईश्वरी खरेल, हरिप्रसाद जोशी, हिरा चन्द, कर्णबहादुर चन्द, महेश पन्त र शेरबहादुर चन्द, र वेदकोट नगरपालिकामा भोजराज जोशी, नरबहादुर धामी, कलसा महरा, वचनबहादुर सिंह, अशोककुमार चन्द, हिक्मतबहादुर सिंह, रामसिंह धामी र नेत्र पन्तलाई जिम्मेवारी दिइएको छ। 

 त्यस्तै शुक्लाफाँटा नगरपालिकामा कृपाराम राना, रणबहादुर महरा, टेकबहादुर हमाल र विष्णु जोशी, कृष्णपुर नगरपालिकामा गोविन्दप्रसाद कलौनी, जयराज पाण्डेय र लक्ष्मी बुढा, लालझाडी गाउँपालिकामा ईन्दु कडरीया, रमेश थापा, रामबहादुर राना र करिमा राना र पुनर्वास नगरपालिकामा कमला बोहरा, भक्तबहादुर अधिकारी, वीरबहादुर थापा, रामचन्द्र नेपाल र फैरु तामाङलाई जिम्मेवारी दिइएको छ। 

त्यसैगरी बेलौरी नगरपालिकामा बलदेव बुडाल, भवानीशंकर रेग्मी, हर्क केसी, करमशाय राना, चित्रा चौधरी र पल्लबराज भट्ट, बेलडाँडी गाउँपालिकामा खेम सुवेदी, नन्दलाल चटौत, रामबहादुर स्वर्णकार, धनबहादुर थापा, कमला कार्की र हिरासिंह विष्टलाई जिम्मेवारी दिइएको छ। 

कमेन्ट लोड गर्नुस