सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अटोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

२०७८ चैत्र १५, १०:४२ खबर संवाददाता

धनगढी: धनगढीमा अटोको ठक्करबाट गम्भीर घाइते भएका एकको मृत्यु भएको छ। धनगढीको चटकपुरमा सुपप्र ०१ ००१ घ ४९८५ नम्बरको अटोले एक पैदलयात्री पुरुषलाई ठक्कर दिएको प्रहरीले बताएको छ।

ठक्करबाट गम्भीर घाइते भएका नाम नखुलेका उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस्तै, दुर्घटनामा अटोमा सवार अन्य दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार जानकी गाउँपालिका–८ की ३० वर्षीया सुलोचना चौधरी र निर्पा चौधरी घाइते भएका हुन्। उनीहरुको पनि माया मेट्रोमै उपचार भइरहेको बताइएको छ। अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस