सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ चैत्र १५, ०५:५९ खबर संवाददाता

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ४ हजार ३२२ जनाको नमूना पीसीआर परीक्षणमा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ८६ जना निको भएका छन् भने हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १ हजार १४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन्।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार २२८ जना संक्रमणमुक्त भएका छन्।
 

कमेन्ट लोड गर्नुस