सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष पुरुष खेलाडीलाई मास ह्युमन रिर्सोसेजको साथ

२०७८ चैत्र १५, ०४:५९ खबर संवाददाता

धनगढी: ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई काठमाण्डौंको मास ह्युमन रिर्सोसेजले प्रायोजन गरेको छ। काठमाण्डौंको सामाखुसीमा रहेको मास ह्युमन रिर्सोसेजले अवार्डको वर्ष पुरुष खेलाडी विधालाई प्रायोजन गरेको हो। 

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मास ह्युमन रिर्सोसेज जोडिएको हो। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र मास ह्युमन रिर्सोसेजका अध्यक्ष एकेन्द्र कुँवर बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। लामो समयदेखि खेलकुद क्षेत्रमा आबद्ध रहदै आएकोमा आफ्नै क्षेत्रमा हुने अवार्डमा सहभागी हुन पाउँदा निकै खुशी लागेको कुँवरले बताए। उनले आगामी दिनमा पनि अवार्डलाई साथ दिने प्रतिबद्धता जनाए। 

अवार्डको तेस्रो संस्करणको तयारी सुरु भएको छ। उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ। 

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 
‘सुदूरपश्चिम स्पोर्टस अवार्ड’को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ।
 

कमेन्ट लोड गर्नुस