सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका बाढीपीडितले पाए जनही १ लाख

२०७८ चैत्र १५, ०४:०६ खबर संवाददाता

डोटी: सुदूरपश्चिम प्रदेश सरकारले डोटीका बाढीपीडितलाई  नगद सहयोग गरेको छ।  बाढीपहिरामा परी ज्यान गुमाएका १६ जनाको परिवारकालाई सुदूरपश्चिम सरकारले जनही एक लाख रुपैयाँ प्रदान गरेको हो।

बाढीपहिरोबाट ज्यान गुमाएका १६ जनाका ११ परिवारलाई नगद एक–एक लाख राहत दिइएको डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए। उनीहरुको बैंक खातामा गत आइतबार नै नगद पठाइसकेको उनले बताए। 

स्थानीयले प्रत्येक परिवारलाई ३० हजार र ज्यान गुमाएका व्यक्तिको प्रति परिवारलाई एक लाख रुपैयाँ दिनुपर्ने माग गर्दै आएका छन्। जिल्लामा सरकारबाट आउने थप अनुदानका लागि पीडितहरुको तथ्याङ्क संकलन भइरहेको विष्टले बताए।  गत आसोज ३१ गतेदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी डोटीमा १६ जनाले ज्यान गुमाएका थिए। 

कमेन्ट लोड गर्नुस