शिक्षकहरुको परीक्षाका लागि कञ्चनपुरको पुनर्वासका विद्यालय बन्द
२०७८ चैत्र १४, १२:०७
धनगढी : शिक्षकहरुको परीक्षाका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकाका विद्यालय बन्द हुने भएका छन्। नगरपालिकाले सोमबार सूचना जारी गर्दै शिक्षक सेवा आयोगको परीक्षामा नगरपालिकाभित्रका विद्यालयमा अध्यापनरत अधिकांश शिक्षकहरु सहभागी हुने भएकाले विद्यालय बन्द गरिने जनाएको छ।
यही चैत १५ देखि १८ गतेसम्म ४ दिन विद्यालय बन्द रहने सूचनामा उल्लेख छ। उक्त विदा आगामी शैक्षिक सत्रको वर्षे विदाबाट कट्टी हुने पनि बताइएको छ।
कमेन्ट लोड गर्नुस