सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे बचाउने कुरा गर्दा मुद्धा लगाईयो : मेयर वड

२०७५ माघ १७, ०६:२७ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले चुरे बचाउने कुरा गरेकै कारण आफु माथी मुद्धा लगाईएको बताएका छन्। बिहीबार धनगढी उप–महानगरपालिका २ स्थीत शारदा माविको विद्यार्थीहरुलाई राष्ट्रपती चुरे मधेश कार्यक्रम सम्वन्धी जनचेता मूलक पाठ्य समाग्री सहितको नोट कापीहरु वितरण गर्दै नगरप्रमुख वडले यस्तो गुनासो सुनाएका हुन्। गोदावरीमा राजधानी राख्ने कुराको बिरोध गरेका नगरप्रमुखलाई नेकपा प्रदेशसभाका २१ जना सांसदले उजुरी हालेका थिए। राजधानी कहाँ बन्यो भन्दापनि चुरे क्षेत्रमा असर पर्नु हुदैन भन्ने हो नगरप्रमुख वडले भने, चुरे मासिदै गएमा तराईमा संकट निम्तीने खतरा छ। 
सुदूरपश्चिम प्रदेश सरकारले चुरेको फेदमा लगेर राजधानी बसाल्ने कुरा गर्नु दुर्भाग्यपूर्ण भएको नगरप्रमुख वडले बताए। चुरे मासिएकै कारण तराईका जिल्लामा डुवान सुरु भएको छ, नगरप्रमुख वडले भने, नदिहरुमा पानीको सतह निकै माथी आएको छ। 
राष्ट्रिपति चुरे मधेश कार्यक्रममा धनगढीका प्रमुख बिदुर भारतीले चुरे सबैभन्दा कान्छो पाहाड भएको बताए। उनले भने,‘यो भारतीय र तिब्बतीयन प्लेटको टकरावबाट बनेको नरम पहाड हो यसलाई चलाईनु हुदैन। भारतीले चुरेका बिषयमा विद्यार्थीहरुमा जनचेतना बढाउने उदेश्यले पाठ्य सामाग्री सहितको कापीहरु वितरण गरिएको बताए। 
 

कमेन्ट लोड गर्नुस