सुदूर नेपाललाई विश्वसँग जोड्दै

सशस्त्र द्वन्द्वका बेला बाजुरामा विस्थापित प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना

२०७८ चैत्र १४, ११:१३ खबर संवाददाता

बाजुरा: सशस्त्र द्वन्द्वका बेला विस्थापित भएको बाजुराको एक प्रहरी चौकी २२ वर्षपछि पुनर्स्थापना भएको छ। २०४९ सालमा बाजुराको अति विकट क्षेत्र हिमाली गाउँपालिकाको वडा नम्बर १ स्थित विच्छयाँमा स्थापना भएको प्रहरी चौकी २०५५ चैत २७ देखि विस्थापित भएकोमा चैत आइतबार पुनर्स्थापना भएको हो। 

उक्त चौकी विस्थापित हुँदा प्रहरी सेवा प्राप्त गर्न निकै कठिनाई भोग्नु परेको भन्दै स्थानीयले पुनर्स्थापनाको माग गर्दै आएका थिए। सोही माग सम्बोधन गर्दै आइतबार बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल र जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले जनप्रतिनिधिहरू, सरोकारवाला लगायतको उपस्थितिमा प्रहरी चौकी पुनर्स्थापना गरेका हुन्। 

कमेन्ट लोड गर्नुस