डेब्यु खेलमै चम्किए सुदूरपश्चिमका सन्दीप जोरा
घरेलु टोली संयुक्त अरब ईमिरेट्स (युएई) ले पहिलो टी– ट्वान्टी क्रिकेटमा नेपालले २१ रनले पराजय भोगे पनि सुदुरपश्चिमका सन्दिप जोराले डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । पहिलो अन्तराष्ट्रिय टि–२० क्रिकेटको डेब्यु खेलमा अजिवित अर्धशतकीय पारी खेलेका हुन् । सन्दीपले ४२ बलमा ५० रन पुरा गरेका थिए । ४६ वलको सामना गरेका उनले एक छक्का र तीन चौकाको मदत्तले ५३ रनमा अविजित रहे । यसै खेलबाट सन्दीपले टी–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका हुन् ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी ट्वान्टी क्रिकेटमा भने नेपाल पराजित भएको छ । बिहिबार भएको पहिलो खेलमा नेपाल युएईसंग २१ रनले पराजित भएको हो । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । सन्दीप ५३ रनमा अविजित रहे ।
यस्तै नेपालका सोमपाल कामीले २७ तथा कप्तान पारसले २५ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । युएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमेद र जाहोर खानले २÷२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
युएईका लागि शाईमन अनवरले अर्धशतकीय इनिङस खेले । अनवरले ५९ रन जोडेर आउट भए । यस्तै मोहमद उस्मानले ३० रन जोड्दा सिपी रिजवानले २२ रन जोडे । मोहमद बोताले अविजित २० रन बनाउदा कप्तान मोहमद नाभिद १ रनमा पेभेलियन फर्किए । नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मीले २र२ विकेट लिए । यस्तै डेब्यु खेलाडी अविनास बोहरा र सोमपाल कामीले १÷१ विकेट लिए । यो जितसंगै युएईले नेपाल विरुद्धको तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले घरेलु टोली विरुद्धको दोस्रो टी– ट्वान्टी खेल शुक्रबार खेल्नेछ । नेपालले तीन खेलको एकदिवसीय सिरिज भने २–१ ले जितिसकेको छ ।