सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नदेख्नेहरुले कांग्रेसलाई देख्नै पर्छ : नेता रिजाल

। फोटो स्रोत ।
२०७५ माघ १७, ०३:३७

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार अधिनायकवादी बाटोमा अघि बढ्न खोजेको भन्दै त्यसको विरोध गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता रिजालले प्रतिपक्षी दलको विरोधको आवाजलाई दुई तिहाईको दम्भबाट दबाउने गरी सरकार अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको भन्दै कांग्रेसले सरकारलाई अधिनायकवादी बाटोमा हिँड्न नदिने चेतावनी दिएका हुन्।
‘कांग्रेस त देखेकै छैन भन्छ सरकार, कांग्रेस देखेकै छैन भन्नुहुन्छ प्रधानमन्त्री’, रिजालले भने, ‘कांग्रेसलाई राणा र राजाले पनि नदेख्दा के हालत भयो हेर्नुहोला ?’ 
लोकतन्त्रलाई उपहास गर्नेहरु इतिहासमा सीमित हुँदै गएको भन्दै उनले त्यो बाटोमा नहिँड्न सरकारलाई सचेत गराएका छन्। ‘नेता रिजालल भने, ‘कांग्रेस नदेख्नेहरुको लाममा कोही पनि उभिएको छ भन्दा हामीलाई धेरै ठूलो चिन्ता लाग्दैन। कांग्रेस नदेख्नेहरुले कांग्रेसलाई देख्नै पर्छ, लोकतन्त्रलाई नदेख्नेहरुले लोकतन्त्रलाई देख्नै पर्छ, त्यो भन्दा अर्को बाटो निर्माण हुन सक्दैन।’ 
दुई तिहाईको दम्भमा रहेको सरकारले निरीह सत्याग्रही डा. गोविन्द केसीको बोली दबाउन शक्ति प्रयोग गरेको आरोप लगाए। 

कमेन्ट लोड गर्नुस