सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका वडाध्यक्षले विद्यालयलाई दिए पारिश्रमिक बापतको १५ लाख

२०७८ चैत्र ११, ०४:३२ खबर संवाददाता

धनगढीः बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन्। जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवासुविधाको १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन्।

उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत शुक्रबार एक कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिएका हुन्। उनी स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विजयी भएका थिए।

कमेन्ट लोड गर्नुस