कञ्चनपुरको दक्षीणी क्षेत्रमा विद्युत अवरुद्ध
२०७८ चैत्र १०, ०४:१८
धनगढीः कञ्चनपुरको लालपुर सबस्टेसनमा खराबी आउदा दक्षीणी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ।
गए राति जरनल फिडर लाईनको तार चुडिदा विद्युत अवरुद्ध भएको विद्युत प्राधीकरण महेन्द्रनगरले जनाएको छ। मर्मतको कार्य जारी रहेकाले छिट्टै विद्युत सुचारु गरिने बताइएको छ।
कमेन्ट लोड गर्नुस