दार्चुलामा बँदेलका लागि थापेको पासोमा चितुवा फसेपछि...
२०७८ चैत्र १०, ०३:०५
दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ। बिहीबार बिहान चितुवा पासोमा फसेको हो।
चितुवाको उद्धारका लागि बाँकेबाट टोली मगाइएको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख प्रमानन्द कुँवरले बताए। चितुवा र स्थानीयको सुरक्षाको लागि घटनास्थलमा वन कर्मचारी र प्रहरी खटिएका छन्।
कमेन्ट लोड गर्नुस