सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा अवैध संरचना हटाउन डोजर लगाईयो, कञ्चनपुर बन्द भने जारी रहने

२०७५ माघ १५, ०६:३१ खबर संवाददाता

कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउन डोजर लगाईएको छ। मंगलवार साँझदेखि नगर विकास समितिको जग्गामा बनेका खोकाछाप्रा हटाउन शुरु गरिएको हो। संघीय आयोजना कार्यान्वन ईकाइ धनगढीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सहयोगमा खोकाछाप्रा हटाउन शुरु गरेको हो। तर आन्दोलनरथ विद्यार्थी संघले भने आन्दोलनलाई स्थगीत गर्न मात्रै डोजर लगाईएको तर अवैध संरचना हटाउने सरकारी निकायको उद्येश्य नै नभएकाले भोली पनि बन्द जारी रहने जनाएको छ।

आन्दोलनमा रहेको सयुक्त विद्यार्थी संघर्ष समितिले मंगलबारदेखि अनिश्चितकालिन कञ्चनपुर बन्द गरेको थियो। बन्दका कारण बिहानैदेखि बजार व्यवसाय ठप्प भएको छ भने सदरमुकामदेखि छुट्ने सवारी साधन चल्न सकेका छैनन्। शैक्षिक सस्थाहरु पनि बन्द थिए। आन्दोलनरथ विद्यार्थीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जमिनको अवैध लिज खारेजी, मापदण्ड विपरित निर्माण गरिएका संरचना भत्काउनुपर्ने, नगर विकास समितिका पदाधिकारी र कर्मचारीलाई कारबाही तथा सार्वजनिक जमिनमा भइरहेको अतिक्रमण रोक्नुपर्ने माग गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस