सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया हुँदै

२०७८ चैत्र ९, ०८:४५ खबर संवाददाता

काठमाण्डौँः  निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्दैछ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा आजदेखि गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया गर्न लागेको बताए।

उहाँकाअनुसार पहिलो चरणमा सात वटै प्रदेशका केन्द्र र केन्द्रसँग जोडिएका १५ जिल्लामा अन्तरक्रिया हुनेछ। यस पछि अन्य जिल्लामा पनि अन्तरक्रिया गरिने उनको भनाई छ। यस्तै बैशाख ३० गते तोकिएको स्थानिय तहको चुनावका लागि आयोगले निर्वाचन अधिकृतहरुलाई पनि तालिम दिने तयारी गरिरहेको छ।

मतदाता नामावाली अध्यावधिक गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। आउँदो १३–१४ गतेसम्म मतदाताको नामावली प्रकाशित गर्ने तयारी छ।

यसैबीच मतपत्र छपाइका लागि पनि कागज आइसकेको आयोगले जनाएको छ। आयोगले आम नागरिक तथा सरोकारवालाको जिज्ञासा, गुनासो वा प्रश्न समेट्न आउँदो १५ गतेदेखि  ११ ०२ नम्बरको टोलफ्री नम्बर पनि शुरु गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस