सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि

फोटो: बसन्त प्रताप सिंह
फोटो: बसन्त प्रताप सिंह
२०७८ चैत्र ८, ११:४०

बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्याङकमा रहेको छ। 

२०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो। २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ। बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाइएको छ।

जनसंख्या वृद्धिसँगै गरिबीको रेखामुनि रहने जनसंख्या पनि बढ्दै गएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख जोशी बताउँछन्। 
 

कमेन्ट लोड गर्नुस