जन्मदिनको अवसरमा ‘आइ केयर यू’लाई सहयोग
धनगढीः विगत केही समयदेखि घरबाट सडकमा छाडिएका जनावरहरुको उद्धार कार्य गर्दै आइरहेको आइ केयर यूलाई सहयोग गरिएको छ।
कञ्चनपुरमा सञ्चालित उक्त आइ केयर यूलाई सोमबार बेदकोट नगरपालिकाका पदम बिष्टले आफ्नो २१औं जन्मदिनमा सहयोग गरेका हुन्। जन्मदिनको अवसरमा उनले ५००० बराबरको औषधि प्रदान गरेको आइ केयर यूका अभियान्ता विष्णु पनेरुले बताए।
आइ केयर यूले कञ्चनपुरमा विगत केही समयदेखि सडकमा छाडिएका चौपायाको व्यवस्थापन तथा उपचारको अभियान थालेको छ। उनीहरु चोटपटक लागेका चौपायाको उद्धार मात्रै गर्दैनन् भोका जनावरलाई खाना खुवाउने काम समेत गर्छन्।