कञ्चनपुरमा चिर्पटले हानेर एक युवकको हत्या
कञ्चनपुरमा चिर्पटले हानेर एक युवकको हत्या गरिएको छ। महाकाली नगरपालिका– २ मा आईतबार राति २२ वर्षीय हरजितसिंह धामीको दाउरामा चिर्पटले प्रहार गरेर हत्या भएको हो। स्थानीय महेन्द्रसिंह बोहोराले धामीको टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। स्थानीय कालुसिंह बोहोराको घरमा विवाहको साँस्कृतिक कार्यक्रम चलिरहेको बेला सो घटना भएको हो ।
चिर्पट प्रहार गरे लगत्तै गम्भीर घाईते भएका धामीलाई उपचारका लागि भारतको खटिमा पुराईएको थियो। धामीको उपचारका क्रममा मृत्यु भएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिए । घटना सम्बन्धी थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।