प्रक्रिया नपुगाई सडक निर्माण भईरहेको वनको आरोप
धनगढीका विकासे अड्डाहरुले मनोमानी रुपमा आफु खुशी सडक निर्माण गरिरहेको वन डिभिजन कार्यालय कैलालीले आरोप लगाएको छ। व्न डिभिजन कार्यालयले सडकमा पर्ने रुखहरु काट्न नसकिने जनाउदा समेत विकासे अड्डाहरुले मनोमानी रुपमा सडक निर्माण गर्न छोडेका छैनन्। जस कारण रुख विचमै राखेर पनि पनि सडक निर्माणका कामहरु भईरहेका छन्। नियम विपरित सडक निर्माण गरिकाले रुख काट्ने आदेश दिन नसकिने स्पष्टोक्ती वन डिभिजन कार्यालयको रहेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ४ मा सडक कालोपत्रे सम्पन्न भएपनि सडकको विचमा रहेका रुख काटिएका छैनन्। सहरी विकासले निर्माण गरेको सडकमा परेका रुख काट्ने आदेश वन कार्यालयले नदिएपछि सडक सुचारु हुँदा पनि रुख नकाटिएका हुन। वन डिभिजन कार्यालयले मापदण्ड विरित सडक निर्माण गरिएकोले रुख कटानको आदेश नदिएको वताईरहँदा पनि स्थानीय वासिन्दाहरु भने रुख कटान पर्ने ढिप्पी गर्दै आएका छन् ।
उप–महानगरपालिका पनि रुख हटाउने दावी गर्दै आएको छ। तर जिल्ला डिभिजन वन कार्यालयले भने नियम विपरित सडक निर्माण गरिकाले रुख काट्ने आदेश नदिएको जनाएको छ। बन क्षेत्रमा सडक निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङकन नगरेको, रुख कटानीको आदेश पनि माग नगरेको आरोप लगाएको छ। सडक क्षेत्रमा रहेका सुकेका रुखहरु पनि कटानका गरिएको छैन्। जस्ले गर्दा वरपरका वासिन्दाहरुमा जोखिम बढेको स्थानीय लक्ष्मी देवी भट्टले बताईन। यता जिल्ला वन डिभिजन कार्यालयले भने धनगढीमा सडकहरु कानूनी प्रक्रिया पुरा नगरेर आफ्नो पायक पर्ने स्थानबाट निर्माण गरेकाले रुख काट्ने आदेश नदिएको स्पष्टोक्ती दिईरहेको छ। सडक निर्माण गर्दा बाटोमा रुख परे भने पुरा गर्नु पर्ने कानूनी प्रक्रिया पुरा नगरेको जिल्ला वन डिभिजन कार्यालय कैलालीका वन अधिकृत अमरवहादुर वुलनले बताए।