सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

२०७८ चैत्र ५, ०७:०८ रासस

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ५४३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार १२७ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ७० रहेको छ। पछिल्लो समय थप ४०९ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६२ हजार ५८२ पुगेको छ। निको हुने दर ९८ दशमलव चार प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ। त्यसैगरी पछिल्लो समय आठ हजार ७२९ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५९२ रहेको छ। अहिले होमआइसोलेशनमा तीन हजार ५३५ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा ६० आइसीयूमा २७ र भेन्टिलेटरमा छ जनाले उपचार गराइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस