ब्राजिलमा बाँध भत्किएर मृत्यु हुनेको संख्या ४० पुग्यो
ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ।
घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन।
बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना न्यून भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन।
मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो।
उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन्। मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे पनि घटनामा परेकाहरु जिवितै पाइने आशा झिनो बनेको बताए। रासस