सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

२०७८ चैत्र ३, ०८:२२ रासस

नयाँ दिल्ली: भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि  कोरोना कूल सङ्क्रमति ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ। 

यसबाहेक बुधबार बिहानसम्म यस महामारीका कारण ६० जनाको ज्यान गएपछि  कोरोनाका कारण ज्यान गुमाउने कूल संख्या ५ लाख १६ हजार १३२ पुगेको छ। भारतमा हाल ३० हजार ७९९ कोरोनाका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। 

पछिल्लो २४ घण्टामा मात्र २ हजार १२ सक्रिय सङ्क्रमित घटेका छन्। कोरोना शुरु भएबाट  हालसम्म भारतमा ४ करोड  २४ लाख ५४ हजार ५४६ जना सफलतापूर्वक निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये पछिल्लो २४ घण्टामा ४ हजार ४९१ जना कोरोनाबाट मुक्त भएका छन्। 
 

कमेन्ट लोड गर्नुस