सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०७८ चैत्र २, ०९:३१ खबर संवाददाता

काठमाडौँ: नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो। पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले बढेको निगमले जनाएको छ। 

निगमका अनुसार बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने छ।पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्नेछ। खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ।

कमेन्ट लोड गर्नुस