सुदूर नेपाललाई विश्वसँग जोड्दै

पपुवा न्यूगिनीले नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दियो

२०७८ चैत्र २, ०७:१३ रासस

काठमाडौँ: पपुवा न्यूगिनीले आईसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ।  संयुक्त अरब इमिरेट्स (यूएई) को सारजहा क्रिकेट रङ्गशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज विकेट गुमाउँदै २०४ रनको योगफल बनायो।

पपुवा न्यूगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ८२ बल खेल्दै सात चौकाको मद्दतमा ५९ रनको योगदान दिएका हुन्। त्यस्तै चाद सोपरले ७४ बल खेल्दै दुई चौकासहित ३५ रन जोडे। नर्मन भानुवा १२ बलमा दुई चौका र एक छक्कासहित २३ रनमा रन आउट भए। 

त्यस्तै टोनी उराले २७, लेगा सिकायाले २५ तथा कप्तान असाद भालाले १९ रन जोडे। नेपालका लागि तीव्र गतिका बलर सोमपाल कामीले तीन विकेट लिए भने सन्दीप लामिछाने, आरिफ शेखले र ज्ञानेन्द्र मल्लले समान १÷१ विकेट लिए।
 

कमेन्ट लोड गर्नुस