अब धनगढी विमानस्थल प्रवेश गर्न प्रिन्टेड वा डिजिटल टिकट देखाउनै पर्ने
धनगढी: धनगढी विमानस्थल भएर उडान भर्ने यात्रुहरूले प्रवेश गर्दा पिन्टेड वा डिजिटल टिकट बोक्नुपर्ने भएको छ। यही चैत ७ गतेदेखि हवाई यात्राको लागि विमानस्थलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको हो।
अब हवाइ यात्रा गर्नका लागि ट्राभल एजेन्सी, एयरलाईन्सबाट प्रिन्टेड टिकट वा डिजिटल टिकट लिएर आउन आग्रह गरिएको धनगढी विमानस्थलका प्रमुख राम कृष्ण भट्टले बताए। यसअघि विमानले प्रदान गर्ने यात्रु नाम अभिलेख पीएनआर नम्बरको आधारमा विमानस्थलमा प्रवेश गराइने गरिएको थियो।